कात्तिक १३, निजगढ। बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाईते भएका रुपेश स्वर्णकार (गुड्डु)को मृत्यु भएको छ ।
आज दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक समेत रहेका स्वर्णकार गम्भीर घाइते भएका थिए ।
उनलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि मेडिसिटि बयोधा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले समाचार क्लबलाई बताए ।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।गोलि हान्ने समूहको खोजिकार्य भैरहेको पनि प्रहरीले जनाएको छ।



