कात्तिक १४,काठमाडौं। दुबईबाट तस्करी गरी ल्याइएको सुन लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई सिनामंगलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराई रहेका छन्। सिनामंगलका नजिर अन्सारीसँग रहेको सुनका गरगहना तथा नगद लुटपाट गरी बा२ज २१८० नम्बरको ट्याक्सीमा लुटेर लगेको सूचना पाएपछि प्रहरीले खोजीकार्य गरेको थियो।
नजिर अन्सारीबाट लुटिएको सुन दुबईबाट ल्याइएको तस्करी सुन रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। तस्करी गरेर ल्याइएको उक्त सुन गत आइतबार लुटिएको थियो।
प्रहरीले २४ घन्टाभित्रै उक्त सुन लुटेराहरूलाई पक्राउ गरेको थियो।पक्राउ परेकाहरूसँग बयान लिँदा उक्त सुन नै तस्करी गरी ल्याइएको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय