मंसिर १०,निजगढ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ स्थित कुमारी बैक लिमिटेडको डुमरवाना शाखामा गएराती एटिएम मेसिन तोडफोड गरी लुटपाटको प्रयास भएको छ।बैक श्रोतका अनुसार चोरले एटिएम मेशिन फुटाएर नगद लैजान खोजेपनि नगद भने चोरी नभएको जनाएको छ ।
घटनास्थलमा अहिले सिमरा प्रहरीको टोलिले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र राईले जानकारी दिएका छन्। घटनाबारे थप विवरण अनुसन्धान पछि मात्र थाहा हुने निरीक्षक राईले समाचार क्लबलाई बताए।





