मंसिर १८,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा विहान ८ बजे देखिनै ओपीडी सेवा सुुरु भएको छ । विहान १० देखि अपरान्ह ४ बजे सम्म ओपीडी सेवा दिँदै आएको केन्द्रले हिजो आईतबारदेखी दुई घण्टा सेवा विस्तार गरेको हो ।
सरकारी सेवा दिने स्वास्थ्य संस्था ढिलो खुल्ने र चाँडै बन्द हुने गरेको जनगुनासो आएपछि समितिले निर्णय गरेर सेवा अवधि बढाएको वडा अध्यक्ष समेत रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिएका छन्।
स्वास्थ्य केन्द्रमा प्रसुती र सर्पदंश उपचार सेवा भने २४ सै घण्टा संचालन हुँदै आएको कटुवालले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कटुवाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय