फागुन २९,हेटौंडा ।दोलखाको भिमेश्वर नगरपालिका–७ ऊखुबारिकी एक महिलाको शौचालय भित्र लडेर मृत्यु भएको छ।
सोमबार वर्ष ३० की सुजता उप्रेती कार्कीको आफ्नै घरको शौचालयमा लडेर ज्यान गएको हो।
साँढे ३ बजेतिर शौचालय गएकी सुजता अचानक कराएको आवाज सुनेपछी उनको श्रीमान र घरका अन्य सदस्यले सुनी ढोका खोल्न अनुरोध गरेका थिए। निकैबेर सम्म ढोका पनि नखोलेको र भित्रबाट कुनै आवाज नआएपछी ढोका फोडि हेर्दा उनी अचेत अवस्थामा फेला परेकि थिईन्।
अचेत अवस्थाकी सुजतालाई तत्काल उपचारार्थ च्छो–रोल्पा अस्पताल चरिकोट पुर्याईएकोमा चिकित्सकले बाटोमै मृत्यु भैसकेको घोषणा गरेका वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
शव पोष्टमार्टम पछि उनको ससुराले बुझी लगेको प्रहरीले जनाएको छ।



