चैत्र २,विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रीकाकुमारी दासको हत्या भएको छ ।
सिराहा घर भएकी २२ वर्षीया दासको शव अस्पताल नजिकै रहेको उनको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



