चैत्र ८,हेटौंडा।काठमाडौंबाट रात्रिबसमा आफ्नो घर सुनसरीतर्फ आउँदै गरेका एक युवकको बाटैमा मृत्यु भएको छ। बुधबार बेलुकी बा प्र०१–००६ख ५१७४ नम्बरको बसमा आफ्नो घर सुनसरीको बराह नगरपालिका–८ तर्फ आउँदै गरेका ३७ वर्षिय बिपिन काफ्लेको बाटैमा ज्यान गएको हो।
बिपिनलाई यात्राको क्रममा धादिङको महादेवबेसी भन्ने स्थानमा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय मेडिकलमा चेकअप गराईएको थियो। अवस्था सामान्य भएपछी पुनः यात्रा गर्दै गरेका बिपिनलाई गजुरी गाउँपालिकाको मलेखुमा आईपुग्दा श्वासप्रश्वासमा झनै समस्या देखिएपछी उनलाई मलेखुस्थित टिचिङ्ग अस्पतालमा उपचारार्थ लगिएको थियो।
बिपिनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
मृतकका साथमा उनका ज्वाइँ प्रदीप खत्री पनि सँगै यात्रारत थिए।
बिपिनमा कुनै किसिमको पुरानो रोगहरु नदेखिएको र उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।शव हाल सोही अस्पतालमा रहेको छ।



