बैशाख १८,हेटौंडा।आफुसँग भएको थोरै अमेरिकन डलरलाई धेरै बनाई नेपाली रुपैयाँ ठगि गर्न खोज्ने १ जना हेटौंडाबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३का ३५ वर्षिय डिलबहादुर भण्डारी छन्।
मकवानपुर प्रहरीका अनुसार भण्डारीले रौतहटको गुजरा नगरपालिका-२घर भै चितवनको नारायणगढ बस्ने खेमराज पौडेललाई आफुसँग भएको ४ सय ५० अमेरिकी डलरलाई नेपाली रुपैयाँसँग छ्यासमिस गराई ४ हजार १ सय ५० डलर भएको बिस्वास दिलाएर नेपाली रुपैयाँ साट्ने उदेश्यले हेटौंडा १२आलदमारस्थित भाईरल पुलमा बोलाएका थिए।
ठगी कार्य भैरहेको भन्ने सुचना प्राप्त हुनासाथ पुगेको प्रहरीले भण्डारीलाई भाईरल पुलबाट पक्राउ गरेको हो।
प्रहरीले निजको साथबाट अमेरिकन डलर ५० को ९ थान अर्थात (४५० डलर), नेपाली रुपैयाँ २० को ५८० थान, मोबाईल ४ थान र बागमती प्रदेश ०२-०४९ प ३१२५ नम्बरको मोटरसाईकल समेत फेला पारी नियन्त्रणमा लिएको हो।
भण्डारीलाई ठगि उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।





