बैशाख२२,हेटौंडा।मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र विद्यालय पोशाक बितरण गरिएको हो । संस्थाले बालबालिकालाई ब्याग, जुत्ता, कपी, पेन्सील, डटपेन, क्याल्कुलेटर, ज्यामिती बक्स प्रदान गरेको थियो भने पुस्तकालयका लागि किताब ¥याक, चकटी ३० वटा, टेबल ४ वटा, कार्पेट र सूचना पाटीका लागि सेतो बोर्ड प्रदान गरेको थियो ।
पुस्तकालयका लागि रुम टु रिड नामक संस्थाले बाल कथा, बालपत्रिका, सामान्य ज्ञान, कखग लगायतका ३ सय थान किताब प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय