बैशाख २३,हेटौंडा ।अमेरिकाले वर्षेनी खुलाउँदै आएको ईलेक्ट्रोनिक डाईभरजिटी भिसा(ईडिभी)२०२५को नतिजा शनिबार राती सार्वजनिक गर्यो।लाखौं नेपाली युवाहरु डिभी चिट्ठा पर्ने आशमा कौतुहलपूर्वक बसे,कतिलाई चिट्ठा पर्यो कतिलाई परेन।पर्नेहरु खुसी भए नपर्नेहरु अर्को सालमा पुन:भर्ने संकल्प लिएर सुते।एवं रितले देशका नौजवान युवाहरुले मातृभूमी छोड्नेक्रम चलिरहेको छ।यसै सन्दर्भमा कवि तथा साहित्यकार माधव खतिवडाले मार्मिक कविता लेखेका छन्।”परिवार भँडुवा,देश हार्ने जुवा”।उनको कविता जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ।

सांकेतिक तस्वीर ।

आजपनि
हजुरबा चाँडै उठेर
खै किन हो
भित्ता समाउँदै
सरासर
नातिको कोठासम्म पुग्नुभयो
नातिलाई हेर्नुभयो
नातिको फुङ्ग उडेको
निरास चेहरा देखेरेर
उल्टै….
मुसुक्क मुस्कुराउनुभयो
र खै के के बर्बराउनु भयो
सायद
भगवानलाई
धन्यवाद दिएको हुनुपर्छ
दुईहात जोडेर
आकासतिर फर्किनुभयो
थोता दाँत देखाएर
कमजोर आँत रसाउँदै
आँसु झार्नुभयो
फुस्फुसाउनुभयो
धेरै त बुझिन
एत्तिचैँ अड्कल काटेँ
अझ भनौ
प्रस्टै बुझियो
साधुवाद छ भगवान्
बर्षदिनलाई नाति जोगियो।
धन्न पसेन यो घरमा
त्यो घरभाँडा
त्यो उपद्र्याहा…..
परिवार भँडुवा
देश हार्ने जुवा
चिट्ठा……..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय