बैशाख २७,हेटौंडा ।भ्रष्टाचार बिरोधि एक युवा राजकुमार तिमल्सिनाले आफ्नो सुरक्षा र देशको बिद्यमान भ्रष्टाचार अन्त्यका लागि आफु बोल्नु परेको बताएका छन्।तिमल्सिनाले बिहीवार बिहान आफ्नो फेसबुक वालमा एक स्टाटस लेखी आफुलाई सत्य कुरा अदालत समक्ष प्रस्तुत गराउन सिधा कुराको टिमलाई आफैले आग्रह गरेको पनि बताएका छन्।
अडियो प्रकरणका बारे कैयौं पत्रकार र संचारगृहलाई अनुरोध गरे पनि सिधा कुरा टिमबाहेक अरुले हिम्मत नगरेको उनले बताएका हुन्।
नवीन ढुंगाना र युवराज कंडेलले संचालन गर्दै आएका सिधा कुराले “द डार्क फाईल” शृङ्खला मार्फत ४ सय भन्दा बढी मुद्दा ढिसमिस गर्ने सेटिङको स्टिङ अडियो प्रकाशन गरेको थियो।उक्त अडियोको स्टिङकर्ता तिमल्सिना हुन्।
उक्त अडियो सामग्री प्रशारण भएपछी सिधा कुरा टिमलाई अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप रजिष्ट्रार एवम् सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका थिए।
अदालतको अवहेलना मुद्दामा सिधाकुराका प्रकाशक तथा कार्यकारी सम्पादक युबराज कंडेल र नवीन ढुंगानाले सर्वोच्चमा बयान दिएका थिए।
उनिहरुले आफुहरुलाई उक्त अडियो राजकुमार तिमल्सिनाले उपलब्ध गराएको बयान दिएपछी सर्वोच्चले तिमल्सिनालाई पनि बयानका लागि झिकाएको थियो।
तिमल्सिनाले २ दिनसम्म लगातार १५ घण्टा सर्वोच्चको ईजलासमा सत्यतथ्य अभिलेखिकरण गरेर साधारण तारेखमा बाहिरिएको बताएका छन्।
उनको स्टाटस जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
भ्रष्टाचार बिरोधि अभियानको ६ वर्ष लामो संघर्षमा आफ्नो सबै सत्य तथ्य सम्मानित सर्वोच्च अदालत समक्ष अभिलेखिकरण गरेर साधारण तारेखमा बाहिरिएको छु । यो देश मा युवाहरु बस्न लायक बनाउन राम्रो मान्छे बोल्न नसकेर पनि हो । म दुइ दिन लगातार १५ घण्टा सम्मानित सर्वोच्च अदालतको को इजलास मा उभिएर आज ५७ प्रश्नोत्तर र १७ पेजमा भ्रष्टाचार मा के के हुन्छन् ? जनता कसरी पीडित छन्? बिचौलिया ले कसरी घुस माग गर्छन् ? र यो अडियो मा के कसरी कहाँ कहाँ को को मिली के के गरे सब विषयमा खुलस्त गरि इजलास मा बुझाएको छु!र म पनि खुलस्त भएको छु सम्मानित अदालत समक्ष। आफ्नो सुरक्षा र देशमा भ्रष्टाचार अन्त्यका लागि म पनि बोल्नु पर्ने थियो । मैले आफैंले आग्रह गरेको थिए सिधाकुरा टीमलाई कि मलाई अदालतसम्म पुर्याइदिनुहोस् । मैले यो अवधिमा कयौं पत्रकार र मिडिया हाउसलाई यो विषय जानकारी गराएको थिए, कयौं सम्मपादक र पत्रकारलाई भनेको पनि थिएँ तर सिधाकुराबाहेक कसैले हिम्मत गरेनन् । धन्यवाद सिधाकुरा मलाई कठिन अवस्था मा साथ दिनु हुने मेरो गुरु स्वागत नेपाल कपिल शर्मा सर लगायत ???????? धन्यवाद सम्मानित सर्वोच्च अदालत लाई



