बैशाख २७,हेटौंडा। चितवनको भरतपुर महानगरपालिका १० स्थित एक घरको इनारमा बिहिबार एक पुरुषको शव भेटिएको छ । आर्मी ब्यारेकसंगै जोडिएको स्थानिय शरदराज बिष्ट र कमलराज बिष्टको घरको इनारमा अन्दाजी ३५ बर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको हालसम्म पहिचान भएको छैन।
सो घरमा झण्डै ३० वटा सटर र कोठा भाडामा लगाइएको छ । पानी गन्हाउन थालेपछि घरमा बस्दै आएकाहरुले इनारमा बिहिबार बिहान १० बजे हेर्दा मान्छेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बैशाख २४ गते अन्दाजी ११ बजे सो घरमा रहेको सोना सोनाम फेमेली दोहोरी साँझबाट बाहिर निस्केका पुरुषको शब इनारमा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ति पुरुषले घटना भएको दिन दोहोरी साँझमा अधिकांस समय फोनमा कुरा गरिरहेको जस्तो देखिएको प्रहरीको भनाई छ । प्रहरीले सिसीटिभी फुटेज संंकलन गरिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले अनुसन्धानसंगै शब पहिचानका लागि तस्बिर समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रहरी र नेपाल आर्मीको टोलीले शव निकालेको हो । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय