जेठ ४,हेटौंडा । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओड रिहा भएका छन् । प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा भएका हुन् ।
कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।
ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो। कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी ओड
‘नेपाल आइडल सिजन २’ विजेता हुन्।
ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत्र २० गते उजुरी दिएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय