जेठ १५,हेटौंडा ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीको बेलामा सडकमा ड्युटी गर्नुनपर्ने बताएका छन्। मन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा गणतन्त्र दिवसको शुभकामना सहित सानो प्रयास भन्दै एक स्टाटस लेखेका छन्।
स्टाटसमा महिला ट्राफिकहरुले महिनावारीको ४ दिन ड्युटी गर्नुनपर्ने उल्लेख छ।साथै महिला ट्राफिकहरुले पाउने उक्त दिनको बिदामा मापसे लगायतका ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयंसेवकका रुपमा सडकमा सघाउनु पर्ने उनले बताएका छन्।





