जेठ १६,हेटौंडा ।मकवानपुरमा मानसिक सन्तुलन गुमाएका एक किशोरको करेन्ट लागी मृत्यु भएको छ।मृत्यु हुनेमा ईन्द्रसरोवर गाउँपालिका- ५ बाघखोरका १३ वर्षिय रोहित रुम्बा छन्।उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ।
रुम्बाको बुधबार अपरान्ह ३ बजे बाघखोरमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरमा रहेको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट लागी मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको हो।घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय