जेठ १७,हेटौंडा ।मकवानपुरको जुरिखेतमा कार दूर्घटनामा परि मृत्यु भएका कार चालकको सनाखत भएको छ।मृतक चालक काठमाण्डौंको चन्द्रागिरी नगरपालिका-१ दहचोकका बर्ष ६०का सानु परियार रहेको प्रहरीले जनाएको छ। दूर्घटनामा ३ जनाको मृत्यु भएको छ।
घाईते २ जना महिलाको उपचार भैरहेको छ।
यसअघि मृत्यु भएका मनहरी गाउँपालिका-८ बेलुवाका २६ वर्षिय अर्जुन नेपाली र उनकी ३ महिने छोरी अर्जिता भित्रकोटीको पहिचान खुलेको थियो।
घाईते महिलाहरुमा मनहरी-८ बेलुवाकि २३ वर्षिया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१ लोथरकी ३५ वर्षिया सानोकान्छी तामाङ छन्।
उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ। घाईते दुबैको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
बुधबार अपरान्ह साँढे ४ बजे काठमाडौबाट हेटौंडातर्फ आईरहेको बा६ च ९३७९ नम्बरको कार भीमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी-६ स्थित जुरिखेतमा दूर्घटनाग्रस्त बनेको थियो।
प्रहरीका अनुसार कार सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय