असार ३,हेटौँडा । हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई मकवानपुर प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० वर्षदेखि फरार रहेका इन्द्रसरोवर गाउँपालिका–१ नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई आइतबार घरैबाट पक्राउ गरेको हो ।
वाइवाले २०६१ जेठ ३ गते काठमाडौंका व्यापारी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई कुटपिट गरी उन्को साथमा रहेको ५० हजार रुपैयाँ लुटेर भीरबाट लडाएर हत्या गरी फरार रहेका थिए ।
फरार प्रतिवादी वाइवालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० सालमा १६ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । पराजुलीको हत्या पश्चात फरार भएका वाइवा केही समयदेखि घरमा नै बस्दै आएको प्रहरीले बताएको छ ।
पक्राउ परेका वाईबालाई फैसला कार्यान्वयनका लागी भोली मंगलबार जिल्ला अदालत हेटौंडामा पेश गरीने प्रहरीले जनाएको छ।



