असार ५, हेटौंडा । बानेश्वरस्थित संघीय संसद् सचिवालय सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन् ।
दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गोलेले आज बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका प्रहरीले बतायो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।
गोले प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय