असार ५,हेटौंडा ।चर्चित गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीबिच `ईंगेजमेन्ट´ भएको छ। उनिहरुले युएईको दुबाईमा `इंगेजमेन्ट´ गरेका हुन्।
गायक काफ्लेले आफ्नो फेसबुकमा सहयायात्राको शुरुवात भनेर दुबैजनाको प्रेमिल फोटो पोष्ट गरेका छन्।
कार्यक्रमको सिलसिलामा युएई पुगेका कलाकारद्वयले आफुहरुको लामो समय देखिको प्रेम सम्बन्ध उजागर गरेका हुन्।
उनिहरुबिच प्रेमसम्बन्ध रहेको चर्चा चलेपनी सार्वजनिक रुपमा खुलेका थिएनन्।
उनिहरुले दुबाईको बुर्जखलिफा अघिल्तिर एकाअर्कालाई औँठी लगाईदिएको फोटो र भिडियो सार्वजनिक गरेका छन्। 
अस्मिता अधिकारी `गायन रियालिटी शो´ नेपाल आईडलबाट उदाएकी गायिका हुन्। महेश काफ्ले चर्चित लोक गायक भोजराज काफ्लेका छोरा हुन्।
काफ्ले र अधिकारीले गाएका `लजावती झार´बोलको गीत सर्वाधिक लोकप्रिय बनेको थियो।



