असार ८, निजगढ । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ सन्ताेष प्रसाईंले शुक्रबार निजगढस्थित
कम्पनीको कार्यालयमा अभिकर्ताहरुसँग छलफल गरेका छ्न्।
सिईओ प्रसाईंले अभिकर्ताहरुसँग असार महिनाको स्पेसल स्किमको विषयमा छलफल गरेका हुन्।
उनले अभिकर्ताहरुलाई बीमा गराउन मात्र नभई दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरेका कम्पनीकी निजगढ शाखा प्रमुख अमृता बस्नेतले बताईन्।
व्यावसायिक वृद्धिका लागि अभिकर्ताहरुलाई समय-समयमा आवश्यक तालिम, एजेन्सी,एजेन्सी म्यानेजर र निजगढ कार्यालयलाई आवश्यक पर्ने सम्पुर्ण कुराहरु चाँडो ब्यबस्थापन गर्ने प्रतिवद्वता समेत जनाएका बस्नेतले बताईन्।
कार्यक्रममा एजेन्सी हेड प्रभात सिवाकोटी, लेखा तथा बित्त हेड लेखनाथ गौतम, प्रदेश प्रमुख सुदिस्ट गुप्ता लगायत नया तथा पुराना ३० जना अभिकर्ताहरुको सहभागिता थियोे ।
कार्यक्रममा शाखा प्रमुख बस्नेतले सिईओ प्रसाईंलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।





