असार ८,हेटौंडा । पर्साको ठोरीमा जंगली हात्तीको दाह्रा जस्तै देखिने वस्तुसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ठोरी गाउँंपालिका-४ विजयबस्ती गुम्बालाईन बस्ने वर्ष ४१ का कुइसांग लामा, वीरगञ्ज महानगरपालिका-१४ पिप्रा बस्ने वर्ष ४०का प्रेम शर्मा र अमिरीलाल महतो छन्।
प्रहरीले शुक्रबार बिहान ६ बजे ठोरी-४ का स्थानिय चन्द्र परियारको खेतमा खाल्डो खनी पुरेर राखेको अवस्थामा २१/२१ के.जी.तौल भएको दुई वटा हात्तीको दाह्रा जस्तो देखिने वस्तुहरूसहित उनिहरुलाई पक्राउ गरेको हो।
प्रहरीले केहिदिन अघि नै ठोरी-४ गोरखपुर टोलमा केही अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा विक्री गर्न ग्राहक खोजी रहेको भन्ने सूचनाका आधारमा गोप्यरुपमा अपरेशन चलाएको जनाएको छ।
पक्राउ परेकाहरुलाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय