असार९,हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका एकजनाको ज्यान गएको छ।
राक्सिराङ गाउँपालिका-७ दुगुवाङका ५५ वर्षिय बलबहादुर प्रजाको जंगली च्याउ खाँदा ज्यान गएको हो।आज बिहान जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनिसहित उनका ४ जना परिवार बिरामी परेका थिए।
गम्भीर बिरामी बलबहादुरलाई चितवनस्थित सरकारी अस्पतालमा उपचारको क्रममा साँझ ६ बजेर ३५ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
उनकी श्रीमती बर्ष ४५ की जालिमाया प्रजा, दुई छोरिहरु १५ वर्षिय रेन्जु प्रजा र ८ वर्षिय सविना प्रजा तथा छोरा १० वर्षिय सुशल प्रजाको मध्यम अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय