असार१५,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५स्थित पिप्ले युवा क्लबका अध्यक्ष सुबिन घिमिरेले युथ फुटबल एकेडेमीका खेलाडीहरुलाई ५० हजार रुपैयाँ बराबरको जर्सी लगायतका खेल सामग्री सहयोग गरेका छन्।
अध्यक्ष घिमिरेले आफ्ना स्वर्गीय पिता सुदर्शन घिमिरेको स्मृतिमा क्लबद्वारा संचालित एकेडेमीमा प्रशिक्षणरत ३७ जना १३ वर्ष मुनिका खेलाडीहरुलाई व्यक्तिगतरुपमा जर्सी लगायतका खेल सामग्री सहयोग गरेका हुन्।
शनिबार बिहान पिप्ले–क्याम्पा रंगशालामा आयोजित एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ तथा वडा अध्यक्ष सुशील घिमिरेले
खेलाडीहरुलाई जर्सी सेट ३७ थान , फुटबल ८ थान, स्ल्यालोम पोल ६ थान, कोन मार्कर १०० थान र हर्डल्स १० थान हस्तान्तरण गरेका हुन्।
क्लबले एकेडेमीमा १२ देखि १६ बर्ष उमेर समूहका खेलाडीहरुलाई  निशुल्करुपमा नियमित प्रशिक्षण गराईरहेको छ।
राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेर झण्डै ४ दर्जन प्रतिभावान खेलाडीहरुलाई नियमित प्रशिक्षण दिइरहेको प्रशिक्षकसमेत रहेका अध्यक्ष घिमिरेले बताए।
एकेडेमीले संजीव अर्याल र एंजल महर्जनजस्ता राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको पनि उनले बताए।
पिप्ले युवा क्लब विशेषगरी फुटबल खेल र खेलाडीहरुको संरक्षण एवं प्रवर्द्धन गर्दै आईरहेको हेटौंडाकै अग्रणी क्लब मध्यको एक हो।
क्लबकै पहलमा पिप्ले-क्याम्पा-रंगशालाको स्तरोन्नति भएको हो। रंगशालामा हरेकवर्ष राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरु संचालन हुँदैआईरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय