असार २१,हेटौंडा। मकवानपुरमा एक मजदुरको बाटोमा लडेर ज्यान गएको छ। ज्यान गुमाउनेमा बाराको कोल्हवी नगरपालिका-८ मधुवन घर भएका अन्दाजी वर्ष ३२ का पुजन राम छन्। राम बिहीवार अपरान्ह मकवानपुरको मनहरी-६ स्थित सुनाचुरी पेट्रोल पम्प नजिकै लडेर घाईते अवस्थामा फेला परेका थिए।
चितवनको खैरहनी-९ स्थित सिमलटाँडिमा मजदुरी काम गर्ने उनी खयरघारीबाट लोथरतर्फ पैदल हिँडिरहेको बेला अकस्मात लडि घाईते अवस्थामा फेला परेका मकवानपुर प्रहरीले जनाएको छ।
दाहिने आँखी भौँ माथी गहिरो चोट लागेका उनको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय