असार २७,हेटौंडा।हेटौंडामा अविरल वर्षाका कारण रूख ढल्दा एउटा घरमा क्षति पुगेको छ। बिहीवार दिउँसो २ बजेर १०मिनेट जाँदा हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङ स्थित लक्ष्मी थिङको ब्लक र जस्ता पाताले छाएको एक तले घरमा रुख ढलेर थिचेको हो।वर्षाका कारण घरको पछाडी पट्टि रहेको शिरिषको रुख ढल्न गई घर थिचिएको मकवानपुर प्रहरीले जनाएको छ।
रुखले थिचिँदा घरमा आंशिक क्षति पुगेको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।



