असार २७,हेटौंडा।हेटौंडामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ।हेटौंडा-१८ स्थित बरौली खोलाले बगाउँदा स्थानिय १० वर्षिया बालिका रसमती बलको ज्यान गएको हो।
बालिका बुधबार अपरान्ह साँढे ३ बजे खेतमा जाने क्रममा खोला हेर्न जाँदा अचानक चिप्लिएर खोलामा परेकी मकवानपुर प्रहरीले जनायो।
वर्षाका कारण खोलामा आएको बाढिले बालिकालाई बगाएको थियो।
बालिकालाई खोजतलास गर्ने क्रममा प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट अन्दाजि ५०० मिटर तल पानीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।



