असार २९,हेटौंडा।मकवानपुरको मनहरीमा आँपको रुखबाट खसेर एक महिला घाईते भएकी छिन्।
शनिबार साँझ साँढे ६ बजे मनहरी-९ ज्यामिरे बस्ने बर्ष ४९ की भगवति ओझा आफ्नै घर नजिकै रहेको आँपको रुखबाट खसेर घाईते भएकि हुन्।
आँप टिप्न रुखमा चढेकी ओझा अन्दाजी १० मिटर माथिबाट खसेर घाइते भएकी मकवानपुर प्रहरीले जानकारी दिएको छ।
उनको शरिरको भित्री भागमा चोट लागेकाले मनहरी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।



