साउन ४,हेटौंडा ।मकवानपुर प्रहरीले अवैध गोरु लोड भएको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।प्रहरीले ९ हल गोरु लोड भएको ना७ख ६६६८ नम्बरको ट्रक र ट्रक चालक मनहरी-६ बसन्तपुरका अनिल बयलकोटीलाई हेटौंडा-११ थानाभर्याङबाट नियन्त्रणमा लिएको हो।
शुक्रबार मध्याह्न १२:०० बजेको समयमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको उक्त ट्रकमा अवैध गोरु लोड भएको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खोजतलास गरेको जनाएको छ।
प्रहरीका अनुसार गोरु लोड भएको ट्रक थानाभर्याङ स्थित भान्जा वर्कशप भित्र लुकाई राखेको अबस्थामा फेला पारेको हो।
नियन्त्रणमा रहेको गोरुसहितको ट्रक र चालकलाई आवश्यक कारवाहिको लागि पशु क्वारेनटाईन कार्यालय पथलैया पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय