साउन ४,हेटौंडा । मकवानपुरमा करेन्ट लागि एक युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा वागमति गाउँपालिका-९ बेतिनीका २० वर्षिय रामराज बम्जन छन्।बम्जनलाई शुक्रबार अपरान्ह ४ बजे बकैया-४ माझिखोलामा अवस्थित नेपाल प्रेम चर्चको भवनमा वायरिङ गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागि अचेत अवस्थामा रहेका उनलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएकोमा उपचारको क्रममा साँढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय