साउन ७,हेटौंडा ।मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक भएको छ।

गीतकार गिता गिरीको शब्दमा नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्तिश्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।
कृष्णदेव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ ।
मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावलको रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन भने संगीत भद्र वलीको रहेको छ ।
ग्रेट एविजीको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीत रामबहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय