साउन १४,हेटौंडा।पोखरामा भएको स्कुल बस दूर्घटनामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षिय आरती बिक र उनकी छोरा अन्दाजी ५ वर्षिय प्रीन्स बिक छन्।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । आरतिको भने घटनास्थलमै ज्यान गएको प्रहरीले जनायो।दुर्घटनामा परेर अन्य २८ जना विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।
आज बिहान पोखरा-२१ स्थित कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं.को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।
घुमाउरो बाटोमा ब्रेक फेल भई बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय