भदौ २१,हेटौंडा। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफुले रिभ्यु रिक्वेष्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको जानकारी दिएका छन् । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले घरेलु बालश्रम सम्बन्धी स्टाटस लेखेका थिए । फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि साहको पोष्ट हटाएको थियो । फेसबुकले उक्त पोष्ट हटाएपछि मेयर बालेनले पोष्ट उडाउने हैन,दोषी समाउ सरकार,म गलत भए मलाई समाउ,हैन भने दोषी समाउ भनेर पुनःअर्को स्टाटस लेखेपछि एमाले समर्थक र बालेन समर्थकबिच वार नै चलेको थियो।सोही क्रममा बालेन समर्थकहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएका थिए ।अभियानका क्रममा ७० हजारभन्दा बढी फलोअर्सले प्रधानमन्त्री ओलीको पेज अनफलो गरेका थिए ।

बालेनको फिर्ता आएको पोष्ट।



