भदौ २३,हेटौंडा । सरकारी कार्यालयहरुमा कर्मचारीहरुको खाजा समय घटाईएको छ।खाजाको समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएपछि १ घण्टाबाट घटाएर आधा घण्टा कायम गरिएको प्रधानमन्त्री केपि शर्मा ओलीले आईतवार राती आफ्नो फेसबुक वालमा लेखेका छन्।अबदेखी कार्यालयहरुमा दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय कायम गरिएको प्रधानमन्त्री ओलीले लेखेका हुन्।
कार्यालयको खाजा समयबारे कायम गरिएको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि सर्वसाधारणलाई प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओलीले खाजा समय सम्बन्धी लेखेका फेसबुक स्टाटस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय