भदौ २४,हेटौँडा। मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, कठायतचोकमा गत शुक्रबार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तम गौतमको मृत्यु भएको छ । बकैया गाउँपालिका ४ का ४६ वर्षिय गौतम शुक्रबार राती १० बजेर ५० मिनेटको समयमा हेटौँडा बजारबाट ठूलोदमारतर्फ जाँदै गर्दा ना ६४ प २७१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भम्भिर घाइते भएका थिए ।

सोही स्थानका ४४ वर्षीय प्रभाव गौतमले चलाएको मोटरसाइकल कुकुरले बाटो काट्दै गर्दा कुुकुरलाई बचाउने क्रममा अकस्मात ब्रेक लगाउँदा  दुर्घटनामा परेको थियो । गम्भीर घाइते गौतमलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा त्यँहा उपचार सम्भव नहुने भनी फिर्ता पठाएपछि गौतमलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा राखिएको थियो । आइतबार राती ९ बजेर २० मिनेटको समयमा चुरेहिल अस्पतालमा गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रभाव गौतम भने सामान्य घाइते भएको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय