भदौ २७,निजगढ । बाराको निजगढ नगरपालिकाका एक किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। निजगढ १३ बेसिगाउँका अन्दाजी १८ बर्षीय एसकुमार पाख्रिन नाम गरेका किशोर बिहीवार बिहान ११ः१५ बजेको समयमा झुण्डिएको अवस्थामा मृत फेला परेका ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
प्रहरीका अनुसार पाख्रिन घरदेखि करिब ५० मिटर उत्तर तर्फ रहेको बुढोधाईरोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

पाख्रिन एक हप्ता अघिदेखी घरबाट बेपत्ता भएका थिए ।उनि बेपत्ता भएपछि उनका आफन्तहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत खोजीकार्यका लागी सहयोगको अपिल गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय