भदौ २९,हेटौंडा । हेटौंडामा पहिलो पटक जिल्लास्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौंडाको आयोजना तथा हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियल माविको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । हेटौंडा–४ स्थित हुप्रा चौरमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगिताको खेल तालिका असोज २ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता असोज ३ गतेदेखी ५ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न तथा मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउन अमूल्य योगदान पुराएका भलिवलका हस्ति एक जुट गराई पुर्नमिलन एवं पूर्नताजगी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले बताउनुभयो ।

प्रतियोगीता बारे जानकारी गराउँदै आयोजक र प्रायोजक सदस्यहरु।
प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा रही कार्य गर्दै आएका बाहिरी जिल्लाका कर्मचारी समेत सहभागि हुन पाउने आयोजकले जनाएको छ ।
भलिबल नेपालको राष्ट्रिय खेलसमेत भएकोले यसको प्रवर्द्धनका निम्ति लागीपरेको प्रतियोगिताको मूख्य प्रायोजक तुलसी मेहर आवासीय माध्यामिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताउनुभयो ।
,,,,,,,,,,,,,,,



