भदौ ३०,हेटौंडा । ५१ हजार राशीको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष मकवानपुरे महाकाव्यकार मुना अर्याललाई प्रदान गरीने भएको छ । विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट अर्याल पुरस्कृत हुने आईतवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

आगामी असोज ५ गते शनिबार विशेष कार्यक्रमका बिच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको हो । मातृभूमिले यो पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको जनाएको छ । यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा शन्देश दैनिक पत्रिकाका सम्पादक माधव न्यौपानेलाई प्रदान गरिने भएको छ । दश हजार रुपैयाँ राशीको उक्त पुरस्कार समाजसेवी इश्वर मैनालीले आफ्ना पिताको सम्झनामा स्थापीत गर्नुभएको पुरस्कार हो । २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले २०५९ सालदेखि नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान पुराउने साहित्यसेवीलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय