असोज ९,हेटौंडा। १२ दिनसम्म बन्द हुने भनिएको हेटौंडा-काठमाडौ जोड्ने छोटो दुरिको दक्षिणकाली-छैमले- सिस्नेरी सडक खण्ड सुचारु भएको छ। हिजोदेखी बन्द गरिने भनिएको उक्त सडकखण्ड आजैदेखी सुचारु गरिएको हो।
दक्षिणकाली नगरपालिका,फर्पिङले सडकखण्डमा कालोपत्रे कार्य गर्न लागिएकाले उक्त सडक खण्डमा गुडने सवारी साधनलाई असोज ८ देखि १९ गतेसम्म बैकल्पिक मार्ग प्रयोग गराउन सहयोग गरिदिन अनुरोध गर्दै हिजो मंगलवार जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्र पठाएको थियो।
तर आज हाललाई उक्त सडक खण्डमा निर्माण कार्य स्थगित भएकोले आवत जावत गर्ने सवारी साधनहरुलाई कुनै किसिमको रोकछेक नरहेको व्यहोराको जानकारी पुन: प्राप्त भएकाले उक्त सडकखण्डमा साबिक अनुसार नै सवारी साधनहरु सुचारु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय