असोज १४,निजगढ। बाराको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले हरेक वर्ष विकल स्मृति जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।
नगरपालिकाले सोमवार बिहान निजगढमा आयोजना गरेको विकलको अन्तिम श्रद्धाञ्जली सभामा प्रमुख पुरीले रेग्मीको स्मृतिमा प्रतियोगिता संचालन गर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै नगरप्रमुख पुरी।

निजगढ- ८ का १४ वर्षिय रेग्मीको १२ गते शनिवार देशभर परेको अविरल वर्षासँगै खसेको पहिरोमा परि ज्यान गएको थियो।

कुलेखानी जलविद्युत आयोजनाको ड्याम भरिएर ढोका खोलिने जानकारी पाएपछी एकेडेमीका सबैलाई सुरक्षित स्थानतर्फ सार्ने क्रममा ६ जना भने समूहबाट अलग भएर फरक बाटो लागेका ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ।

सोही क्रममा टेकर भन्ने स्थानमा आएको पहिरोले उनिहरु पुरिएका थिए।
घटनामा विकलसहित मकवानपुरका अनुपम घलान,साईमन योन्जन,दीवस बानिँया,सर्लाहीका आदित्य बलम्पाकी,काठमाडौका रियान्स आचार्यकोसमेत ज्यान गएको थियो। अनुपम जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानका छोरा हुन्।
उनिहरु एन्फाले मकवानपुरको सिस्नेरीमा संचालन गरेको वत्सलादेवी एकेडेमीमा प्रशिक्षार्थी खेलाडीका रुपमा प्रशिक्षणरत थिए।
विकल, अनुपम र साईमनको शव पोष्टमार्टम पछि सोमवार काठमाडौबाट हेलिकप्टरमार्फत हेटौंडा ल्याईएको हो।
हेटौंडाबाट निजगढ पुर्याईएका विकलको शव नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
उनको निजगढस्थित बकैयाघाटमा सोमवारै अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय