असोज २६, सिंगौल।डडेलधुराको अमरगढी नगरपालिका-७ स्थित पोखरा बजारमा एक बालिकाको शव फेला परेको छ। स्थानीय १४ वर्षीया आरती भट्टराईको शव फेला परेको हो।
हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय डंडेलधुराले जनाएको छ। बालिकाको बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ।

यता प्रहरीले भने आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ।
प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ।  तर, उनको परिचय भने खुलाएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय