असोज २६,सिंगौल । हेटौंडामा करेन्ट लागेर २ जना बालिकाको मृत्यु भएको छ।

आज शनिवार दिउँसो १ बजे हेटौडा उपमहानगरपालिका-१६ चिसापानीबाट २०० मिटर जति पश्चिम दक्षिणमा पर्ने कभर्ड हलको छेउमा ११ के.भी. पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह भएको र सडकमा हिँडिरहेका बालीकाहरुले करेन्ट प्रवाह भएको पानीमा टेक्न पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।
करेन्ट लागि बेहोस भएका बालिकाहरुलाई हेटौंडा अस्पताल पुर्याईएकोमा साँढे १ बजे चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता अर्यालले बताए।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका १ ,सिंगैल घर भएकी अन्दाजि वर्ष ९ की आरुषी गुरो र हेटौडा १६ की वर्ष ७ की पिंकल श्रेष्ठ रहेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय