असोज २९, झापा।झापामा आफ्नी श्रीमती हत्या आरोपमा एक श्रीमान पक्राउ परेका छन्।

३७वर्षीया श्रीमती मुना चौहानको हत्या गरेको अभियोगमा जिल्लाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय श्रीमान वीरबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो।

वीरबहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडामा धारिलो हतियार प्रहार गरी मुनाको हत्या गरेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय