असोज २९, काभ्रे। काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ छन्। तामाङलाई प्रहरीले सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा उनको घरमा खानतालसी गर्दा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली फेला पारेको थियो।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



