असोज २९,हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका-७ रमनटार बस्ने वर्ष ४६ का मिलन लामा स्याङ्बो छन्।
स्याङ्बोलाई मकवानपुर जिल्ला अदालतले लागुऔषध गाँजा र चरेश मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना फैसला सुनाए पनि उनी फरार रहँदै आएका थिए।
उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलिले सोमवार साँझ ५ बजेर ५० मिनेटको समयमा निजको घरैबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय