असोज ३०,पर्सा । वीरगन्ज–रक्सौल सीमामा मंगलबार दिउँसो चलेको गोली प्रकरणमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत रक्सौलको अहिरवा टोलाका जितुकुमार र खुर्शीद आलम रहेका छन्। उक्त घटनामा संलग्न अन्य व्याक्तिहरूको पनि खोजी भइरहेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले बताएका छन् । उनिहरुलार्ई मंगलबार बेलुकी नै रक्सौलस्थित हरैया थानाको टोलीले पक्राउ गरेको एसपी प्रभातले जानकारी दिए।
नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका तस्करहरूलाई एसएसबीले रोक्न खोज्ने क्रममा झडप हुदाँ एसएसबीका जवानले दुई राउण्ड गोली चलाएका भारतीय प्रहरीले जानकारी दिएको छ।
एसएसबीसँग झडप भएपछि नेपालतर्फ भाग्दै गरेका कबाड तस्करहरूलाई लखेट्दै आएका एसएसबीका जवानले गोली चलाए पनि मानवीय क्षति भने भएको थिएन।
एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमिमा भेटिएको थियो।
तस्करहरूले एसएसबीका जवानद्वय नविनकुमार र श्री पालमाथि आक्रमण गरेर लछार्दै नेपालतर्फको दशगजा क्षेत्रमा लैजान खोजेको र हतियारसमेत खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविनकुमारले दुई राउण्ड गोली चलाएपछि कबाड तस्कहरू नेपालतर्फ भागेको एसएसबीका कमाण्डेट विकासकुमारले बताएका थिए।



