कार्तिक ८,हेटौंडा। मकवानपुर प्रहरीले हेटौडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरु सहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनिहरुलाई आज (बिहिवार)जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा हेटौंडा-१३ बनस्पतिका २३ वर्षीय मनिराम थोकर सोही ठाँउका वर्ष २८ का सन्तबहादुर तितुङ र उक्त तार खरिद गर्ने कवाडी संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नं. ७ बस्ने दिलखुश कुमार साह छन्।

गत असोज २३ गते बिहान २ बजेको समयमा हेटौंडा- ९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोप वे देखी क्रसर सम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाका तारहरु काटि चोरी भएको थियो।

प्रहरीले उद्योगको सुरक्षार्थ ड्युटीमा खटिएका सुरक्षा गार्डहरु र नजिकका स्थानियहरुसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा चोरी भएका तारहरुको बाहिरी खोलहरु उद्योग नजिक प्लटिङ गरेको जग्गामा फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार हेटौंडा- १३ बनस्पति स्थित केएम हार्डवयर पसलबाट थोकरले ह्याक्सो ब्लेड खरिद गरी लगेको भनि खुल्न आएपछि प्रहरीले थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा सोही ठाउँका सन्तबहादुर तितुङ लगायत अन्य ५-७ जना व्यक्तीहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरेका थिए।

उनिहरुले उक्त तारहरु उद्योग नजिकै प्लटिङ गरेको जग्गामा ल्याई छिलेर वडा नम्बर ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक दिलखुश कुमार साह लाई बिक्री गरेका थिए।

नामथर वतन नखुलेका चोरीमा संलग्न अन्य फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय