कार्तिक १२, हेटौंडा।​ मकवानपुरको बकैया गाउँपालिका-१ बाघफलमा श्रीमान र श्रीमतीबीच घरायसी विषयमा झै-झगडा हुँदा श्रीमानको मृत्यु भएको छ।

​गएराति (कार्तिक ११ गते) करिब १:०० बजेको समयमा बकैया-१ बाघफल बस्ने अन्दाजी ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच आपसमा भनाभन तथा कुटपिट भएको थियो। कुटपिटका क्रममा गम्भीर घाइते भएका टेक बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

​घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले मृतककी श्रीमती प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ।

​प्रहरीले नियन्त्रणमा लिइएकी प्रेमकुमारीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी आवश्यक कानूनी कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय