कार्तिक ८,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध र चोरीमा संलग्न नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। प्रहरीले लागूऔषध गाँजासहित १ जना, हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरुसहित ३ जना, हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम र नगद तथा हेटौंडा २ शान्तिटोलबाट मोटरसाईकल चोरी गर्ने एकजना तथा स्थानियको निर्माणाधिन घरबाट बिजुलीको तारहरु लगायतका सामान चोरी गर्ने अन्य ४ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गांजासहित हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउबाट बागमती प्रदेश ०१–०२५ च ७८७१ नंबरको योद्धा पिकअप गाडी र गाडी भित्र रहेका वडा नंबर– ३ बसामाडी बस्ने २४ वर्षिय पन्चलाल थिङलाई पक्राउ गरेको छ ।
यसैगरी हेटौंडा सिमेन्ट उद्योगबाट बिजुलीको तारहरु चोरी गर्ने हेटौंडा– १२ का मनिराज थोकर, सोही ठाँउका २८ वर्षिय सन्तबहादुर तितुङ र उक्त तारहरु खरीद गर्ने हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिकै कवाडी पसल संचालन गरी बस्ने भारतको मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिलखुश कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिएका छन् ।
यस्तै हेटौडा –८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी गर्ने हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय समिर घिमिरे र २४ वर्षिय सुशान्त श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको उपरीक्षक खड्काले जानकारी दिनुभयो।
उपरीक्षक खड्काका अनुसार सुशान्त श्रेष्ठले हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार , हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरको यामाहा कम्पनीको मोटरसाइकल एक थान पार्कीङ गरेको स्थानबाटै चोरी गरेका थिए।
यस्तै मकवानपुरगढि गाउँपालिका वडा नम्बर–२ शिखरकटेरी स्थित कान्तीलोक पथबाट कञ्चनपुरको बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई पनि ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उपरीक्षक खड्काले जानकारी दिनुभएको हो ।



