कार्तिक १६, हेटौंडा। कान्तिराजपथस्थित मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरामा एउटा निजि कारले २ ओटा स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ५ जना घाईते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको छ।
शुक्रवार दिउँसो चौघडातर्फबाट हेटौडाबजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोही दिशातर्फबाट आउँदै गरेको ना ६४ प २८३६ र बा.प्र.-०३-००४६ प ०२५७ नम्बरको दुईवटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिएको वडाप्रहरी कार्यालय सानोपोखराले जनाएको छ।
स्कुटरलाई ठक्कर दिएपछी कार अनियन्त्रित भएर बिजुलिको पोलमा ठोक्किएको थियो।
कारको ठक्करबाट पैदलयात्री बाराको कोल्हवी नगरपालिका-१बस्ने वर्ष २३ का दीपनारायण चौधरी, २८३६ नम्बरको स्कुटर चालक हेटौंडा- ५ का ३० वर्षिय नारायण तिमल्सिना,सोहि स्कुटर पछाडी सवार २७ वर्षिया अस्मिता सापकोटा, कारमा सवार सर्लाहीको गोडाइता गाउँपालिका-५ बस्ने बर्ष २८ की रन्जिताकुमारी साह र उनको ३ वर्षिय छोरा कुशल रौनियार घाईते भएका प्रहरीले जानकारी दिएको छ।
सबै घाईतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ। घाईते मध्य पैदलयात्री कोहल्विका दीपनारायण चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनको छात्ती र टाउकोमा चोट लागेको जनाईएको छ।अन्य घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



