कार्तिक २०,हेटौंडा। धनुषामा जुवाखालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ परेका छन्।
गएराती जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ परेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार एउटै हलमा जुवा खेलिरहेका उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताएका छन्।



